भुम्लु । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलीमा छुट जग्गा दर्ताको लागि प्रदान गरिएको दुई वर्षे अवधि आगामी माघ महिनामा सकिँदैछ ।
यस अवधिभित्र सिम्थली क्षेत्रका बासिन्दाबाट करिब ६५ वटा निवेदनहरू दर्ता भइसकेका छन् । यस क्रममा जनताले सेवा प्राप्त गर्न कठिनाइ र आवश्यकताभन्दा बढी खर्च बहन गर्नुपरेको भन्ने प्रतिवेदनहरू प्राप्त भएका छन् ।
यस सम्बन्धमा मंगलबार पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले मालपोत कार्यालयका प्रमुखसँग भेट गरी वास्तविक अवस्थाको जानकारी लिनु भएको छ । उक्त छलफलमा नागरिकका काम बिना झन्झट, नागरिकमैत्री वातावरणमा छिटो र गुणस्तरीय ढंगले सम्पादन हुने गरी आवश्यक निर्देशन गरिएको उहाँले बताउनुभयो ।
त्यसैले, सम्बन्धित निवेदकहरूलाई आफ्नो कार्य छिटो अघि बढाउन उहाँले अनुरोध गर्नुभएको छ । कुनै समस्या वा झन्झट भएमा आफूलाई सम्पर्क गर्न र यसका लागि तत्काल सहजीकरण गराउने उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *