हिँगुवापाटी । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडानम्बर–६ कोदारी भीरमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बिहान अन्दाजी ४ः३० बजेको समयमा बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट अन्दाजी ६० मिटर तल खस्दा टिपरमा आगलागी भएको थियो । दुर्घटनामा टिपर चालक मण्डनदेउपुर नगरपालिका ७ बस्ने अन्दाजी वर्ष २८ का किसिम राईको घटनास्थलमै मृत्यु भएको हो । उनको टिपरको स्टेरिङ मुनी हात र टाउको झ्यालबाट देखिएको थियो । उनको जलेर मृत्यु भएको थियो ।
घाइते अवस्थामा रहेका मण्डनदेउपुर नगरपालिका ७ बस्ने अन्दाजी वर्ष २२ का विक्रम राईको शरीरका विभिन्न भागमा जलेको छ । उनको अवस्था गम्भीर रहेको र धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *