बनेपा । धनुषामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखाका लागि बिरामी बोक्न बस सहयोग प्राप्त भएको छ । अमेरिकाको डुले इन्टरमेड इन्टरनेशनल संस्थाले अस्पताललाई बस प्रदान गरेको हो ।

बनेपामा शुक्रबार आयोजित एक कार्यक्रममा डुले इन्टरमेड इन्टरनेशनल संस्थाका अध्यक्ष स्कट ह्यामिल्टनले अस्पतालका अध्यक्ष मधु आचार्यलाई बस हस्तान्तरण गर्नुभयो ।

आफूले ढल्केबर शाखाको स्थलगत भ्रमण गरी आँखा उपचार गर्न आउन र जाने बिरामीका लागि उक्त बस हस्तान्तरण गरिएको स्कट ह्यामिल्टनले बताउनुभयो । नेपाल आफ्नो दोस्रो घर भएकाले आफूले सकेको सहयोग गर्ने उहाँको भनाइ थियो ।

अस्पतालका अध्यक्ष मधु आचार्यले सबैको सहयोगमा अस्पतालमा सेवा सहज भएको बताउँदै आम नागरिकले उपचार सेवा सहज र गुणस्तरिय तथा सरलरुपमा पाउन् भन्ने नै अस्पतालको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *