काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सन् २०२६ का लागि आफ्ना सदस्यहरूको दुर्घटना बीमा गराएको छ।

महासंघले आज सन् २०२५ को अन्तिम दिन ९८ जना सदस्य र २० क्रियाशील पत्रकार गरी कुल १ सय १८ जनाकाे दुर्घटना बीमा गरिएको जनाएकाे हाे ।

हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेडमा जनही ५ लाख रुपैयाँ बराबरको बीमा गराइएको शाखा अध्यक्ष बिनाेदकुमार न्याैपानेले जानकारी दिनुभयाे । यस बीमाले कुल ५ करोड ९० लाख रुपैयाँको सुरक्षा प्रदान गर्ने महासंघले जनाएको छ ।

साथै, महासंघले सन् २०२६ मा सबै सदस्यहरूका लागि अझ सुरक्षित र खुशीपूर्ण वर्ष रहोस् भनी शुभकामना पनि व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *