बनेपा । नेपाल भाषामा लिखित उपन्यास ‘बिन्हांबि’ लाई पुस १७ गते बिहीबार सार्वजनिक गरियो । समाजसेवी लम्बोदर कायस्थ र पत्रकार प्रदीप केसीले ‘बिन्हांबि’ लाई सार्वजनिक गर्नुभएको हो ।

याे बनेपाली लेखक प्रकाश उज्ज्वल (प्रकाशबहादुर कायस्थ) द्वारा नेपाल भाषामा लेखेको दोस्रो उपन्यास हाे ।

शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको तेस्रो शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा पुस्तकका बारेमा साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालले लेख्नुभएको ‘बिन्हांबि’ माथिको टिप्पणी कवि दियेशरत्न शाक्यले पढेर सुनाउनुभएको थियो ।

उपन्यासकार प्रकाश उज्ज्वल बनेपाले उपन्यासको पृष्ठभूमि र यस उपन्यासले दिन खोजेको सन्देशका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *