बनेपा । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष गोपाल दाहालबाट प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष मनोज रायमाझीबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरियो । अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ठाकुरनाथ अधिकारीबाट स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।
जिल्ला सहकारी सङ्घ काभ्रेका अध्यक्ष अमन पोटे प्रमुख अतिथी रहनु भएको कार्यक्रममा जिल्ला बचत सङ्घ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेलगायतहरु अतिथी रहनुभएको थियो ।
कार्यक्रममा सहकारीविद् कुबेर निरौलाले सहकारी अभियानको वर्तमान अवस्था र भावी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत र सहजीकरण गर्नुभएको थियो । साथै जिल्ला बचत सङ्घका नवनिर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
२०७८ सालमा दर्ता भएको क्लब सहकारी सङ्घसंस्थामा कार्यरत कर्मचारीहरुको बृत्तीविकास र मानव संसाधन विकासको उद्देश्यले स्थापित भएको हो ।
