बनेपा । बुडोल सामुदायिक साकोसले पौष १४ गते सोमबार सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको मुख्य कार्यालयको सभाहलमा संस्थामा आबद्ध शेयर सदस्यहरुसँग समसामयिक विषयहरुमा अन्तक्र्रिया गर्दै सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष कैलाश के.सी.को संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाले लिएको समान शेयरको अवधारणा, समसामयिक अवस्था, संस्थाको मुख्य व्यवसाय, वित्तीय बजारको अवसर र चुनौतीहरुको विषयमा संस्थाकी कार्यकारी अधिकृत रञ्जना सुवालले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जम्मा ११ जना सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाको आगामी कार्यदिशा उपर ब्यापक छलफल गरिएको उक्त कार्यक्रममा संस्थाका सचिव जयराम थापा लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिती रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *