सिन्धुपाल्चोक/ मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे खड्काथोक स्थित श्री रक्तकाली आधारभूत विद्यालयले विद्यालय व्यस्थापन समिति अध्यक्षको भूमिकामा रही काम गर्नुहुने अग्रज पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ ।
विद्यालय स्थापना कालदेखि डेढ दशक काम गर्नुहुने संस्थापक अध्यक्ष दीपबहादुर खड्का -वि.सं. २०४६ वैशाख २० गतेदेखि २०५९ पौष ११ गतेसम्म, दुई कार्यकाल ), देवीबहादुर खड्का -वि. सं.२०५९ पौष १२ गतेदेखि २०६३ जेठ ११ गतेसम्म ) सम्मानित हुनुभयो ।
स्व. कृष्णबहादुर -केसर) बस्नेतलाई मरणोपरान्त सम्मान गरिएको छ। उहाँ वि. सं. २०६३ जेठ १२ गतेदेखि २०७३ पौष ७ गतेसम्म दुई कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी सम्मानित हुनुहुने पूर्वअध्यक्षमा धर्मराज खड्का हुनुहुन्छ । उहाँ वि.सं.२०७३ पौष ८ गतेदेखि २०७६ जेठ २० गतेसम्म अध्यक्ष हुनुभयो ।
सम्मान गर्ने क्रममा उमेर हदका कारण सेवा निवृत्त हुनुहुने विद्यालय सहयोगी टेकबहादुर खड्कालाई पनि सम्मान गरिएको छ ।
सम्मानित हुनुहुनेहरुलाई दोसल्ला, सम्मान पत्र र अबिर क्रमशः पूर्व वडा अध्यक्ष कमलबहादुर खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मराज खड्का र प्रधानाध्यापक रामचन्द्र गिरीले सम्मान गर्नुभएको थियो । उहाँहरुलाई बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकका बिचमा विद्यालयले सम्मान गरेको हो ।
