श्रीखण्डपुर । पनौती स्थित सेन्टलम एल्बम एकेडेमीले आफ्ना युकेजीका विद्यार्थीलाई दीक्षित गरेको छ ।
विद्यालयको नियमित कार्यक्रम अन्तर्गत शुक्रबार युकेजीमा अध्ययनरत ४० विद्यार्थी दीक्षित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि विद्यालय संचालक समितिका अध्यक्ष अमन पोटे श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अग्नीप्रसाद ज्ञवाली लगायतले उनीहरुलाई सम्मानसँगै दीक्षित गर्नुभएको हो ।
यस्ता कार्यक्रमले बालबालिकालाई हरेक क्रियाकलाप गर्न मद्दत पुग्ने प्रमुख अतिथि पोटेले बताउनुभयो । उहाँले विद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेमै आफूहरुको ध्यान जाने गरेको भन्दै अभिभावकले पनि यसमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तरबारे सल्लाह र सुझाव दिन अनुरोध गर्नुभयो ।
०६२ सालमा स्थापित यस स्कूलले गत वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको प्रधानाध्यापक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ५१३ जना विद्यार्थी अध्ययनरत छन् । पढ्दो प्रतिस्पर्धाका बीच पनि विद्यालयले विभिन्न नयाँ नयाँ कार्यक्रमहरु अघि सारेर अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।
