बनेपा । बनेपा नगरपालिका वडा नम्बर ८ मा निर्माण हुने बनेपा कोल्ड स्टोरको शिलान्यास भएको छ ।
शुक्रबार नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा नम्बर ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरलगायतले सो कोल्ड स्टोरको शिलान्यास गर्नुभएको हो ।
शुक्रबार शिलान्यास भएको सो भवन आगामी ०८२ साल जेठ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको वडाध्यक्ष मानन्धरले बताउनुभयो । यसको लागत १ करोड ६३ लाख ६१ हजार ८२६ रुपैंयाँ (भ्याट बाहेक) रहेको सो कार्यक्रममा नगरप्रमुख शाक्यले जानकारी दिनुभयो । इस्का ÷ अभियान्ता ÷ थाक जे.भिले यसको निर्माण जिम्मा लिएको हो । यस कम्पनीसँग गत फागुन १२ गते सम्झौता भएको थियो ।
बनेपामा भरपर्दो कोल्ड स्टोरको अभावका कारण कृषिजन्य वस्तुको स्टोरमा समस्या भइरहेको अवस्थामा अब यस स्टोरको निर्माणसँग समस्या समाधान हुने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *