बनेपा । जनमत वाङ्मय प्रतिष्ठानले शनिबार आफ्नो ४१ औ बार्षिकोत्सव मनाएको छ ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालको सभापतित्वमा शनिबार भएको एक कार्यक्रमका बीच हरेक वर्षझैं यो वर्ष पनि १५ जना ब्यक्तिहरुलाई सम्मान गरियो ।
बनेपाको अरनिको पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा दीपा जनमतबाट आकाश अधिकारी तनहुँलाई सम्मान गरियो । त्यस्तै गणेश खिलकुमारी दुवाल जनमत सम्मानबाट किशोर पहाडी, हृदयचन्द्र बरिष्ठ जनमत साधक सम्मानबाट प्राडा बासुदेव त्रिपाठी, तनहुँ, जनमत जनक प्रधान सेवा सम्मानबाट विनोदराज शर्मा भक्तपुर सम्मानित भए ।
त्यस्तै अन्य सम्मानित हुनेमा केवलपुरे जनमत सम्मानबाट मोमिला जोशी धनकुटा, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट कालु कुमाले ललितपुर, जनमत राजभाई सहयात्री सम्मानबाट देवीचरण भण्डारी, झापा रहेका छन् । भारती जनमत साहित्यिक पत्रकारिता सम्मानबाट चेतनाथ धमला, ओखलढुंङ्गा, जनमत केदार सुदर्शना बालसाहित्य सम्मानबाट डा धु्रर्व घिमिरे, नुवाकोट, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मानबाट मधुसुदन पाण्डेय, दाङ, जनमत सिचि धर्म, संस्कृति सम्मानबाट ब्रम्हकुमारी लक्ष्मी दिदी बनेपा, जनमत दीपक बैद्य स्वास्थ्य सम्मानबाट डा प्रकाशराज रेग्मी पाल्पा सम्मानित भए ।
जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट फूलमान बल, काभ्रे, जनमत पूर्णमाया लुचि समाजसेवा सम्मानबाट पूर्णबहादुर गुरुङ, सुनसरी र कमला सैंजु जनमत सम्मानबाट इल्या भट्टराई काठमाडौं सम्मानित भएका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागी थिए । यसैगरि कदरपत्रसहित तीन वटा क्षेत्रमा योगदान दिनेहरुलाई पनि सम्मान गरिएको थियो ।
जसमा शिक्षणसेवातर्फ गोविन्दलाल प्रधानाङ्ग, पत्रकारितातर्फ प्रल्हाद शर्मा हुमागाईं र समाजसेवातर्फ त्रिरत्न रञ्जितकार रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्कृत शिरोमणि तथा लेखक हरिराम जोशी, संस्थाका अध्यक्ष मोहन दुवाललगायतले सम्मान गर्नुभयो ।
