बनेपा । लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपाले बुद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अवसरमा विद्यार्थीहरूलाई जात्राको व्यवहारिक ज्ञान सिकाउँदै रथ निर्माण गराएर जात्राको विधि र मान्यता अनुरूप विद्यालयको प्राङ्गणमा जात्राको सिम्बोल निकालेको छ ।
उक्त रथ यात्रा आफ्नो विद्यालयबाट सुरू गरेर बनेपा परिक्रमा गराएको थियो । रथ यात्राको क्रममा विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका ३ सय ५० जना विद्यार्थीहरू सहभागी भएका थिए । रथ यात्राको क्रममा स्थानियहरू उत्साहित भएर आफ्ना घरका झ्याल, छत र ढोकाबाट अवलोकन गरिरहेका थिए ।
कतिपय स्थानियहरू उक्त रथ यात्रा संगै यात्रा गरिरहेका पनि थिए । कतिपय स्थानियहरू भन्दै थिएकी साच्चै चण्डेश्वरी जात्राको रथ यात्रा त आजै जस्तो पो लाग्यो । उक्त विद्यालयले यस कार्यक्रमको अलवा विद्यालयको आफ्नो नियमित अन्य कार्यक्रम बाल क्लबको गठन, नया विद्यार्थीहरू, शिक्षक– शिक्षाकाहरूको सदन विभाजन, यस बर्ष गरिने अतिरिक्त कृयालापको ग्रयाण्ड ओपनिङ पनि गरेको थियो । कार्यक्रममा संचालक विद्यालयका भाइस प्रिन्सीपल तथा ई. सी. ए. कोअर्डीनेटर दिपक तामाङका अनुसार नव गठित बाल क्लबको आयोजनामा आगामी जेष्ठ ६ गते विद्यालयमा नयाँ भर्ना भएका १ सय ३९ नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम रहेको जानकारी पनि गर्नुभएको थियो ।
आफ्नो पालिकाको मुख्य साँस्कृतिक सम्पदाको पहिचान र अनुभूति गराउनु, वालवालिकालाई किताबी ज्ञान मात्र नभइ धर्म, समुदाय र संस्कृति प्रति सदभावी बनाउनुको साथै साँस्कृतिक बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको विद्यालयले जनाएको छ ।
