नाला । गत बुधवार बनेपा नगरपालिका–४, नालास्थित ब्रम्हायणी मन्दिर र ब्रम्हा मुर्तिको बीचमा बनेको बुद्ध मूर्तिमा सात जना लामाहरूसहित बनेपा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष श्यामसुन्दर श्रेष्ठको उपस्थितिमा प्राण प्रतिष्ठा गरिएको छ ।
बुद्ध भगवानको मूर्तिमा आँखामा छोपेको कपडा खोलेर पूजा गरी प्राण प्रतिष्ठाको पूजा विधि विधान अनुष्ठान कार्य सुसम्पन्न गरिएको हो । लामा विधि परम्परा अनुसार पूजापाठ गरी प्रतिमा अनावरण गरिएको थियो । गणेश मोक्तान, सत्यमान लामा, सिंहबहादुर कर्माचार्य तथा वडा कार्यालय र विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहयोगमा बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय तुलप्रसाद दाहालले बताए ।
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको उक्त क्षेत्रलाई आकर्षकको केन्द्र बनाउने गरी स्थानीय र नगरपालिकाले समेत चासो दिएर कार्य प्रारम्भ गरिएको वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । ब्रह्मपार्कमा स्थापना गरिएको उक्त बुद्धको मूर्ति ३० फिट अग्लो रहेको छ ।
