बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखामा डेनिस रेडक्रसको स्थानीय शाखाबाट द्वोयता (त्धष्लष्लन) अध्ययन भ्रमण कार्यक्रम भएको छ ।
डेनिस रेडक्रसको स्थानीय शाखाबाट १३ जना, डेनिस रेडक्रस काठमाडौबाट ४ जना र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यलय काठमाडौबाट १ जना गरी जम्मा १८ जनाको टोली नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखामा भ्रमण गरि जिल्ला शाखाको भवन र रक्त सञ्चार भवनको अवलोकन गरेको थियो । सो टोलीले रक्त सञ्चार सेवाको हालको अवस्थाको जानकारी लिनुका साथै रक्तदान कार्यको अवलोकन र रक्तदान गर्नु हुने रक्तदाता हरू संग समेत छलफल गरेको थियो ।
सो पश्चात् आयोजित स्वागत कार्यक्रममा जिल्ला शाखा सभापति देवेन्द्र प्रसाद भैलले सो टोलिलाई स्वागत गर्नु हुँदै नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाको गतिबिधीहरू जलवायु परिवर्तन कारण काभ्रे जिल्लामा भईरहेका बिपदका घटना सम्बन्धि मन्तव्य राख्नुभएको थियो । उहाँले बिपद जोखिम न्युनिकरणमा डेनिस रेडक्रसले पुराएको सहयोग प्रती धन्यवाद ज्ञापन गर्नुका साथै जलवायु परिवर्तन र यसले पुराएको असर न्युनिकरणका लागि साझेदार सबै निकायहरू नेपाल सरकार, रेडक्रस अन्य सबै संघ सस्थहरू सहकार्य गरि कार्य गर्नुपर्ने बताउनु भयो । गत असोज महिनामा काभ्रे जिल्लामा आएको बाढी पहिरो र सो पश्चात् रेडक्रसले गरेको राहत उद्वार र प्रतिकार्य कार्य सम्बन्ध प्रस्तुतिकरण फिल्ड संयोजक मधुसुदन थापाले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सभापति देवेन्द्र प्रसाद भैल, पुर्व सभापति रघुनाथ हुमागाई, उप सभापति पुष्पा खड्का बस्नेत, मन्त्री राजु सिग्देल, कोषाध्यक्ष प्रेम कुमार तामाङ, जिल्ला शाखाका सदस्य ज्युहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सो टोलिबाट बेथानचोक गाउँपालिका र वडा नम्बर २ र ४ मा भ्रमण गर्नु भएको थियो । सो भ्रमणका क्रममा अध्ययन टोलिले बाढी र पहिरो प्रभावित परिवारहरू संग भेटघाट र छलफल गर्नु भएको थियो । उक्त टोलीले बेथानचोक गाँउपालिकामा भ्रमण गरि प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारी, विपद फोकल पर्सन बिश्वनाथ दाहाल र कर्मचारीहरू, वडा नंम्वर २ का वडा अध्यक्ष पुरुषोतम तिमिल्सिना र वडा नंम्वर ४ का वडा अध्यक्ष कुष्ण बहादुर लामा, चलाल उपशाखाका सभापति डिकमान लामा र पदाधिकारीहरू र ढुखर्क उपशाखाका सभापति भगवान घिमिरे र पदाधिकारी हरु संग भेटघाट र पालिकामा भएको छलफल कार्यक्रममा सहभागि भएको थियो ।
छलफल कार्यक्रममा बेथानचोक गाँउपालिकाले जलवायु परिवर्तन र गत असोजमा आएको बाढी पहिरो सम्बन्धि र पालिकाले गरेका प्रतिकार्य गतिविधि सम्बन्धि प्रस्तुतिकरण गरेको थियो ।
डेनिस रेडक्रसको स्थानीय शाखाबाट काभ्रे जिल्लामा द्वोयता अध्ययन भ्रमणमा सहयोग र समन्वय गर्नुहुने नेपाल रेडक्रस सोसाईटी काभ्रेपलान्चोक जिल्ला शाखा र बेथानचोक गाँउपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
