साँगा । महेन्द्र मावि, साँगामा निर्मित ६ कोठे भवन तथा थप दुईवटा कक्षाकोठाको भारतीय राजदूतावासका डिसिएम प्रशन्न श्रीवास्तवले विद्यालयको ६९ औं वार्षिकोत्सव समारोहको अवसरमा उद्घाटन गरेका छन् ।
६ कोठे भवन समाजसेवी, शिक्षाप्रेमी रामआशिष महतोले आफ्नी माता स्व. पानकुमारी महतोको स्मृतिमा निर्माण गरेका हुन् । उक्त भवनका लागि सञ्जय सुरेखाले जग्गा दान गरेका थिए भने तत्कालिन नासिकास्थान गाविस, जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका लगायतको पनि अनुदान सहयोग रहेको छ ।
यस्तै थप दुईवटा कोठा नेपाल–भारत मैत्री समाजको सहयोगमा निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *