धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै डिजिटल टोकन प्रणालीबाट सेवा शुभारम्भ गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेशिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली सुरु गरिएको बताउनुभयो । भनसुन र चिनजानका आधारमा सेवा प्रवाहमा हुने विभेदको अन्त्य गर्न यो प्रणाली शुरु गरिएको उहाँले जानकारी दिनुभयो । डिजिटल टोकन प्रणालीले पालैपालो सेवा लिने र भीडभाडरहित सेवा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ले उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रविधीमैत्री सेवा प्रभावकारी रहेको प्रशासनमा आएका सेवाग्राहीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *