बल्थली । नेपालकै चर्चित लड्केश्वर धाममा शिवपुराण तथा गंगा दशहरा स्नान सकिए लगत्तै आगामी श्रावण महिनामा त्रिशुल अर्पण रुद्रयाग आयोजना गर्न लागिएको छ ।
कालाग्नि रुद्रपीठ पीठाधीश मुकुन्द शर्मा हुमागाईका अनुसार श्रावण महिनामा हरेक ब्यक्तिले त्रिशुल अर्पण गर्ने गरी योजना निर्माण गरिएको छ ।
कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा निर्माण गरिएको त्रिशुल रुद्रधाम आयोजना गरि अर्पण गरिनेछ । २०८१ असोज १०–१२ को अविरल वर्षाका कारण सोहि क्षेत्रमा निर्माण गरिएका पूर्वाधारहरुमा क्षति पु¥याएको थियो । उक्त समयमा पीठाधीश मुकुन्दशर्मा हुमागाईले त्यसको अनुभव प्रत्यक्ष लिँदै आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र त्यसबाट हुने क्षति न्युनिकरणका लागि अपनाउनु पर्ने उपायका बारेमा सरोकारवाला निकायसँग छलफल पनि गरे ।
यसअघि उक्त क्षेत्रमा राष्ट्रिय कोटीहोम आयोजना गरिएको थियो । कोटीहोममा राष्ट्रपति रामचन्द्र पौडेलदेखि पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको सहभागिता रहेको थियो । लडकेश्वर धाममा हरेक वर्ष ठूलो एकादशीको समयमा मेला लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *