सुदीप के.सी.
बनेपा । बनेपा ७ गोदामचोक नजिक बनेपा पनौती सडक खण्डमा पनौती तर्फबाट बनेपा तर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.प्र.०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार काभ्रे जिल्ला तेमाल गा.पा. १ घर भइ हाल जिल्ला काभ्रे बनेपा न.पा.७ बसपार्क पछाडी डेरा गरी बस्ने अन्दाजी वर्ष ४५ को ज्ञान ध्वज तामाङ टाउकोमा गम्भिर चोट लागि घाइते भइ उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो । तामाङको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
त्वातीका अनुसार ठक्कर दिने योद्वा गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार योद्वा गाडीको चालक फरार रहेको खोजतलास कार्य भईरहेको जनाएको छ । योद्दा गाडि साहु जिल्ला धनुषा जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *