काठमाडौँ । टेक्सस ए एण्ड एम कलेज अफ डेन्टीस्ट्रीमा बायोमेडिकल साइन्समा विद्यावारिधी गरेका विद्यार्थी सञ्जय थापाले यस हप्ता स्पेनको बार्सिलोनामा भएको इन्टरनेशनल एसोसिएसन फर डेन्टल, ओरल, एण्ड क्रेनियोफेसियल रिसर्च (आइएसिआर) को १०३ औं जनरल सेसनमा बर्नार्ड जी. सरनाट अवार्ड प्रतियोगिताबाट उपाधि प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् । यससँगै थापाले ५०० अमेरिकी प्राप्त गरे ।
थापालाई डेन्टल कलेजमा बायोमेडिकल साइन्सका एसोसिएट प्रोफेसर र आइएसिआरको क्रेनियोफेसियल बायोलोजी ग्रुपका उपाध्यक्ष डा. सियाओफेङ वाङले परामर्श दिएका छन् ।
यो पुरस्कारले क्रेनियोफेसियल बृद्धि र विकासमा मौलिक र उत्कृष्ट अनुसन्धानलाई मान्यता दिने बताइएको छ । सार्नटबाट समूहलाई १० हजार डलर अनुदान र समूहको सदस्यताद्वारा पुरस्कारलाई समर्थन गरिएको आइएसिआरले जनाएको छ ।
निज थापा पनौती नगरपालिका वडा नं. ७, कपालकोट निवासी भिमसेन थापा (श्याम) का सुपुत्र हुन् ।
