धुलिखेल । बैंक भन्ने बित्तिकै हामी पैसा राख्ने र झिक्ने वित्तीय संस्था भनेर चिन्छौं तर कृषि क्षेत्रका पनि आफ्नै बैंकहरु हुन्छन्, जसले जैविक विविधता संरक्षण गर्न मद्दत गर्दछन् ।
फिल्ड जीन बैंक यस्तै बैंक हो। बीउ उत्पादन हुन नसक्ने तथा बीउ उत्पादन भए पनि सुकाएर संरक्षण गर्न नसकिने र वानस्पतिक अंगबाट प्रसार हुने बालीहरुका स्याहार सम्भार गरि संरक्षणको लागि धेरै थरिका यस्ता बालीहरु लगाइएको क्षेत्रलाई फिल्ड जीन बैंक भनिन्छ ।
कृषि जैविक विविधता संरक्षणका विभिन्न तरीका मध्ये यो एक परस्थानीय संरक्षण तरिका हो ।
फोटो बागवानी विकास केन्द्र पाँचखालमा स्थापना भएको बेसारको फिल्ड जिन बैंकको हो । यहाँ १०० भन्दा बढी बेसारका एक्सेसनहरु संरक्षण गरिएका छन्। कसैले यस्तै संरक्षणको कामहरु गर्दै हुनुहुन्छ भने जिल्ला कृषि विकास कार्यालय धुलिखेल काभ्रेलाई खबर गरेमा त्यहाँबाट अभिलेखीकरणमा सहजीकरण गरिने कार्यालयले जनाएको छ ।
