काभ्रे । जिल्लाको मण्डनदेउपुरका जनप्रतिनिधीहरुले जिरोकिलो–सिपाघाट–मेलम्ची सडकको विषयमा भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् ।
नगर उपप्रमुख विष्णुमणि नेपाललगायत विभिन्न वडाका वडाध्यक्षहरुसहितको टोली मंगलबार मन्त्रालय पुगेर मन्त्री घिसिङको ध्यानाकर्षण गराएका हुन् । हेलम्बु राजमार्गको २३ किलोमिटरको सो खण्डमा टिपरहरुको चाप धेरै हुँदा र गत वर्ष र यो वर्षको अविरल वर्षाका कारण क्षति भएकाले यसको स्तरोन्नतीको लागि ध्यानाकर्षण पत्र बुझाइएको नगर उपप्रमुख विष्णुमणि नेपालले बताउनुभयो ।
यस सडकको स्तरोन्नतीका लागि संघीय सरकारबाट ९ करोड ७९ लाख बजेट विनियोजन भएको छ तर वागमती प्रदेश वा संघीय सरकार कसले काम गर्ने भन्ने विषयमा प्राविधिक स्पष्ट नभएकाले अहिले सडकको अवस्था दयनीय बनेको छ ।
काभ्रेको मण्डनदेउपुर र सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका तथा इन्द्रावती गाउँपालिका र क्रसर व्यवसायी मिलेर अस्थायीरुपमा सडकको मर्मत हुँदै आएको छ। तर यसले मात्र दीगो नहुने भएकाले तत्कालै समस्या समाधान गराइ सडकको स्तरोन्नती गराउन ध्यानाकर्षण गराइएको उपप्रमुख नेपालले बताउनुभयो ।
मन्त्री घिसिङले यसमा वास्तविकता बुझेर छिट्टै काम अगाडि बढाउने आश्वासन दिनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *