काभ्रे । जिल्लाकाे भुम्लु गाउँपालिकाका दलित महिलाका लागि पञ्चेबाजा बजाउने तालिम शुरु गरिएकाे छ।
गाउँपालिकाको सहयोगमा नेपाली पौराणिक पञ्चेबाजा १० दिने प्रशिक्षणको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरियो । प्रशिक्षण कार्यक्रममा कोलाती भुम्लुका दलित महिलाहरुकाे उल्लेख्य उपस्थिती रहेकाे भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले बताउनुभयाे ।
सिन्धुली कलाघरका पञ्चेबाजा प्रशिक्षकहरु उपाध्यक्ष पवित्रा रम्तेल, सचिव रिता थिङ र सदस्य रिता विकले उनीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ । लोक संस्कृतिको संरक्षण र विकासका लागि र महिला सशक्तिकरणको अभियानलाई टेवा पुग्ने गरि प्रशिक्षण थालिएकाे पालिकाले जनाएकाे छ । तालिमलाई उपलब्धिमुलक बनाउने र सिकाईलाई व्यवहारमा उतार्ने सहभागीहरुले बताए ।
