Rajaso New

काठमाडौँ । नेपाल प्रहरीले गत असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैंयाँ राजस्व दाखिला गरेको छ ।
विभिन्न शिर्षकमा भएका कारबाही तथा जरिवानाबापत उठेको रकम सरकारको खातामा जम्मा गरिएको प्रहरीले जनाएको छ । जसमा अदालती फैसला कार्यान्वयनबाट २ करोड ८० लाख ४० हजार ३६६ जम्मा गरिएको छ । यो कूल राजस्वको ११.९६ प्रतिशत हो ।
यस्तै ट्राफिक कारबाहीबाट १३.३८ प्रतिशत अर्थात् ३ करोड १३ लाख ७३ हजार ५०९ जम्मा भएको छ । अवैध सुन बरामदबाट १ करोड ५८ लाख ७० हजार ८४५ अर्थात् ६.७७ प्रतिशत, अवैध मालसामान बरामदबाट १५ करोड २४ लाख २९ हजार २१४ अर्थत् ६५.०४ प्रतिशत जम्मा गरिएको छ ।
यसैगरि स्रोत नखुलेको रकम १९ लाख ६४ हजार (०.८४), अवैध नदीजन्य पद्धार्थ उत्खननबाट ७ लाख ६३ हजार २८६ अर्थात् ०.३३ प्रतिशत, अवैध काठ बरामदबाट ७ लाख ६५ हजार अर्थात् ०.३२ प्रतिशत, अवैध पशुपन्छीबाट २८ लाख २४ हजार ३२० अर्थात् १.२ प्रतिशत, अवैध मुद्रा बरामदबाट १ लाख ६ हजार ४९६ अर्थात् ०.०५ प्रतिशत र अवैध चाँदी बरामदबाट २ लाख ४६ हजार ३०४ अर्थात् ०.११ प्रतिशत राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *