सिन्धुपाल्चोक । तीन वर्षको अथक प्रयासपछि सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति प्राप्त भएको छ ।

निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाको लामो प्रतिक्षापछि दूरसञ्चार सेवाको पहुँच पुग्ने आशा गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले तीन वर्षदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अथक प्रयासपछि अन्ततः पाँचपोखरीमा टेलिकम टावर राख्नका लागि निकुञ्जबाट अनुमति प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

तीर्थयात्री, पर्यटक र आम नागरिकको दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै अब चाँडै टेलिकम टावर स्थापनाको कार्य अघि बढ्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

यससँगै पाँचपोखरीसम्म विद्युत् लाइन विस्तारका लागि पनि आवश्यक स्वीकृतिको कानुनी प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै लामाले अभियानको प्रारम्भदेखि साथ, सहयोग र समझदारीका लागि जिल्ला प्रशासन कार्यालयलाई विशेष धन्यवाद ब्यक्त गर्नुभयो ।

यस कदमले पाँचपोखरी क्षेत्रको धार्मिक पर्यटन, आपतकालीन संचार सुविधा र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *