बनेपा । बनेपा नगरपालिका वडानम्बर ५, घोगेचौरमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा बनेपास्थित इलाका प्रहरी कार्यालय पूर्णरूपमा जलेको थियो । जसले दैनिक कार्य सम्पादनमा समस्या भइरहेको अवस्थामा आइतबार संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थितीमा ल्यापटप हस्तान्तरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाँतीलाई कार्यालयमै पुगेर एक थान ल्यापटप हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । यसले प्रहरी कार्यालयलाई दैनिक कार्य सम्पादनमा केही सहज हुने अपेक्षा गरिएको छ ।
