काठमाडौँ । मेलम्ची खानेपानी संघर्ष समित र सरकारबीचको वार्ता सकारात्मक भएको छ । यससँगै तत्कालका लागि विवादको अन्त्य भएको छ भने रोकिएको पानी पथान्तरण पनि सुचारु हुने भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थिती भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ ।
मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितीमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।
स्थानीयवासी र संघर्ष समितिले विभिन्न माग राख्दै कार्तिक २० गतेदेखि मेलम्ची खानेपानीको मुहानमा ताला लगाएका थिए । यससँगै अब ताला पनि खोलिने भएको छ ।
