सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजना, छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा नेपालका लागि अमेरिकन राजदूत म्भबल च् त्जयmउकयल , गुरू श्री मिङ्ग्यूर रिन्पोछे र पालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको उपस्थितीमा मंगलबार ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास भएको हो ।
यो चिकित्सा केन्द्रको निर्माण सम्पन्न भएपछि दन्त तथा आँखासम्बन्धी सेवाहरू सम्पूर्ण हेलम्बुवासीका लागि निःशुल्करूपमा उपलब्ध गराइनेछ। साथै, आगामी चरणमा क्यान्सर लगायतका अन्य विशेषज्ञ उपचार सेवाहरू विस्तार गर्ने लक्ष्य राखिएको छ ।
यो महत्वपूर्ण स्वास्थ्य पूर्वाधारले हेलम्बु क्षेत्रका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
