बनेपा । बनेपाका एग्रोभेटहरुको संयुक्त अनुगमन गरिएको छ ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको संयोजन तथा बनेपा नगरपालिका, जिल्ला प्रशासन कार्यालय धुलिखेल, जिल्ला समन्वय समिति काभ्रेको सहकार्यमा अनुगमन गरिएको हो ।
अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, पत्रकार महासंघ र उद्योग वाणिज्य संघ बनेपाले पनि सहकार्य गरेका छन् ।
शुक्रबार विषादी तथा बीउ व्यवसायीहरुको अनुगमन गरिएको र नियमित रुपमा अनुगमनलाई अन्य स्थानीय तहहरुमा पनि संचालन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *