सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित सेरामा अवस्थित इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा पूर्वआधारभूत तहको दीक्षान्त समारोह, अभिभावक दिवस, विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल दामोदर भारतीका अनुसार वार्षिकोत्सवको अवसरमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो भने पूर्वआधारभूत तहका विद्यार्थीहरूको दीक्षान्त समारोह र विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिसमेत आकर्षणको केन्द्र बनेको थियो । कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले आफू जनताको सपना र विश्वास बोकेर जनताबीच आएको बताए । उनले परिस्थिती जस्तोसुकै भए पनि सिन्धुपाल्चोकका नागरिकहरूको आवाजलाई बुलन्दरूपमा उठाउँदै त्यसलाई कानुन निर्माणको तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफूलाई माया, विश्वास र मत दिएर विजयी गराएकोमा सम्पूर्ण सिन्धुपाल्चोकवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा पनि सक्रिय पहलकदमी लिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *