बनेपा । नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०२ सहित) को परिच्छेद २१ दफा ६५ र ७६ ले गरेको व्यवस्था र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको मिति २०२ साल फाल्गुण २८ गतेको ३४७औं बैठकले गरेको निर्णय बमोजिम प.सं. ९५३÷०२÷०३ मिति २०२ चैत्र २६ गते केन्द्रीय कार्यालयको पत्रानुसार र नेपाल रेडक्रस बागमति कार्यालयको च.नं. ०९५÷०१÷०२ मिति २०२ फाल्गुन २९ गतेको प्राप्त पत्रानुसार साथै केन्द्रीय कार्यालयको मिति २०२ चैत्र ६ गतेको प.सं. १०१२÷०२÷०३ सँग संलग्न पालिका तदर्थ समिति गठन सम्बन्धी मार्गदर्शन २०२ लाई समेत आधार मानी नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत रहेका पालिका तहमा अवस्थित उपशाखा, तदर्थ उपशाखा, समितिहरुसँगको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बागमति प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा गत शुक्रबार बसेको बैठक शुक्रबार जिल्ला कार्य समितिको बैठकबाट अनुमोदन गरेअनुसार गठित १३ वटा पालिकाहरुमा तदर्थ समिति गठन गरिएको थियो ।
शुक्रबार नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनको बारेमा उक्त तदर्थ समितिका संयोजक, सचिव र कोषाध्यक्ष एवं काभ्रे जिल्ला शाखाका पदाधिकारीहरुलाई नेपाल रेडक्रस सोसाइटी संगठन विभाग प्रमुख रुद्र अधिकारीले नयाँ विधानको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।
सोही अवसरमा निर्वाचनको लागि उम्मेदवार हुन बन्देज गरिएको बुँदाहरु प्रस्तुत गरी सहभागीहरुसँग प्रश्नोत्तर गरिएको थियो ।
१) रेडक्रस निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरू, निर्वाचन अधिकारी, विदेशी नागरिक, अन्य निकायका प्रतिनिधि सदस्यहरू र रेडक्रस अभियानका निकायका वैतनिक कर्मचारी उम्मेदवार हुन नपाउने ।
२) लगातार दुई (२) कार्यकाल एउटै पदमा पदाधिकारी र सदस्यको जिम्मेवारी वहन गरेका व्यक्ति पुनः सोही पदमा उम्मेदवार हुन नपाउने ।
३) कुनै पनि तहको समितिमा अध्यक्ष÷सभापति भई २ कार्यकाल वहन गरेका व्यक्ति सोही तहको अन्य पदाधिकारीमा उम्मेदवार हुन नपाउने ।
४) नेपाल रेडक्रसको कुनै निकायको निर्वाचनमा भाग लिएको मितिले १२ (बाह) महिनासम्म सोसाइटीको समानस्तरको निर्वाचनमा भाग लिन नपाउने ।
५) महिलाका लागि तोकिएको सदस्य पदमा एकै व्यक्तिले दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने ।
६) राजनीतिक सङ्गठन (भातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा रहेका र मुलुकका सबै तहका शासकीय संरचनामा (निर्वाचित जनप्रतिनिधि) संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू उम्मेदवार हुन नपाउने ।
तर सक्रिय राजनीतिमा संलग्न भएको व्यक्तिले राजनीतिक दलको निर्देशन नलिने स्वघोषणा गरी राजनीतिक दलको समितिको पदबाट राजिनामा दिएमा उम्मेदवार हुन बाधा हुने छैन ।
७) नेपाल सरकारका विभिन्न निकायमा कार्यरत निजामती सेवाका कर्मचारीहरू कुनै पनि समितिको पदाधिकारीमा उम्मेदवार हुन नपाउने ।
८) रेडक्रसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुपालन तथा मध्यस्थ समितिले निर्वाचनका लागि अयोग्य घोषणा गरेको व्यक्ति मतदाता वा उम्मेदवार हुन नपाउने जानकारी दिइएको थियो ।
सोही अवसरमा पनौती नगरपालिका वडा नं. ९ निवासी पूर्व गाविस अध्यक्ष एवं हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएका उद्धवप्रसाद हुमागाईंलाई शाखा सभापति देवेन्द्रप्रसा भैलले रेडक्रसको क्याप लगाई स्वागत र सम्मान गर्नुभएको थियो । हुमागाईंले रक्त सञ्चार सेवा केन्द्र ब्लड बैंकको अक्षय कोषमा आर्थिक सहयोग गर्नुभएको थियो ।
निर्वाचित पालिका तदर्थ समितिका पदाधिकारीहरुलाई शाखा सभापतिद्वारा स्वागत गरी पत्र समेत प्रदान गर्नुभएको थियो । सोही अवसरमा समाजसेवी हुमागाईंले आगामी दिनमा निरन्तर रुपमा रेडक्रसको लागि सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान सभापति रघुनाथ हुमागाईंले राख्नुभएको थियो भने मन्त्री राजु सिग्देलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो
