बनेपा । बनेपामा रहेको विद्यासागर इङ्गिस सेकेण्डरी स्कूलको पहिलो चरणको अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षक कर्मचारीको विशेष उपस्थितीमा कक्षा नर्सरीदेखि पाँचसम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुति देखाएका थिए । विद्यार्थीहरुले नाटक, गितीकथा, कविता, नृत्य, गीतमार्फत अभिभावकको स्वागत गरेका थिए ।
काभ्रेपलाञ्चोकमै फरक रुपमा आयोजना हुने बार्षिकोत्सवमा विद्यार्थीले स्वागत गर्ने शैली भने फरक हुने गरेको छ । सबै विद्यार्थीहरु अभिभावक दिवसमा कुनै न कुनै कार्यक्रममा सहभागी हुने गर्दछन् । त्यसमा उनीहरुले साथीको महत्व, आमाको महत्व, पढ्न किन आवश्यक छ भन्ने उदाहरण विद्यार्थीले सोही अवसरम प्रस्तुत गरेका थिए । फरकशैली,सोचको कारणले विद्या सागर काभ्रेमा विशिष्ट पहिचान बोकेको विद्यालयमा पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *