धुलिखेल । नेपाल लेखापढी कानून ब्यवसायी एसोसियसन काभ्रेको १८ औ बार्षिक साधारण सम्पन्न भएको छ ।
साधारण सभा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखापढी कानून ब्यवसायीहरुले भोगिरहेका समस्याहरुलाई राज्यका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री बास्कोटाले भूमि नागरिकहरुको हक भएकाले सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेश रोक्न नमिल्ने बताए । १० लाखभन्दा धेरै नागरिकको समस्या समाधानमा अध्यादेशले सम्बोधन गरेको बताउँदै उनले नेपालमा भूमि समस्या समाधानका लागि हरेक सरकारले ल्याएका योजनाहरुमा विभिन्न पक्षबाट अवरोध हुने गरेको बताए ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले राज्य अंहकारी भएकाले नेपाल लेखापढी कानून ब्यवसायीहरुले समस्या भोग्नु परेको बताए । जग्गा प्रशासन विगार्ने काम राज्यले गरिरहेकाले त्यसको सुधार र समन्वय आवश्यक रहेको उनको भनाइ थियो । यस्तै नेपाल बार एशोसिएसनका अध्यक्ष हरिशरण दाहाल, केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, मालपोत कार्यालय काभ्रेका अधिकृत गंगाप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले जग्गा प्रशासन, जग्गा कारोवार तथा नागरिकहरुको सेवा प्रभावमा खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *