धुलिखेल । नसर्ने रोग रोकथामका लागि काभ्रेपलाञ्चोक जिल्लामा स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ ।
गत आइतबारबाट जिल्ला प्रशासनको प्राङ्गढबाट सञ्चालन गरिएको अभियानको जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले शुभारम्भ गरे । कार्यक्रममा समन्वय प्रमुख गौतम र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको स्क्रिनिङ गरेर अभियान शुरु गरिएको थियो ।
नसर्ने रोगको संख्या वृद्धि हुँदै गएकाले रोकथाम गर्ने स्क्रिनिङ अभियान आइतबारबाट सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार ३० वर्षभन्दामाथि उमेर समूहमा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएको छ ।
‘स्क्रिनिङबाट नसर्ने रोगको पहिचान भएकाहरुलाई परामर्श गरिने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका फोकल पर्सन पदमराज कैनीले जानकारी दिए ।
उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले शहरी स्वास्थ्य कार्यक्रम अन्तर्गत १५ स्थानमा अभियान कार्यक्रम सञ्चालन गर्ने तथा जिल्लाका १३ वटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन् । अभियान फागुन महिनाभर सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *