धुलिखेल । करथरी माध्यमिक विद्यालय धुलिखेल–९, काभ्रेभञ्ज्याङ्गको लागि ७२औं स्थापनाका दिवसको उपलक्ष्यमा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ ।
धुलिखेल–९, मिलनचोकका स्थायी बासिन्दा विष्णुप्रसाद हुमागाईंले आफ्ना पिता देविप्रसाद हुमागाईंको नाममा कोषको स्थापना गर्नुभएको सोही विद्यालयका शिक्षक रामचन्द्र हुमागाईंले बताउनुभयो ।
२००९ सालमा मोहनबहादुर रानाभाट, केदारनाथ हुमागाईं र झंकप्रसाद हुमागाईंले सो विद्यालय स्थापना गर्नुभएको थियो । उक्त रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोषको स्थापना गरिएको विष्णुप्रसाद हुमागाईंले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *