मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको प्राइम कमर्सियल बैङ्क लिमिटेडले गत असोज दोस्रो साताको बाढीपहिरोका कारण प्रभावित बनेका १६ परिवारका लागि अत्यावश्यक भान्छाका भाँडाकुडा हस्तान्तरण गरेको छ ।
बैँङ्कको बनेपा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गत आइतबार मण्डनदेउपुर नगरपालिका–११ जैसिथोकका १६ घरपरिवारका लागि भान्छाको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले असोज महिनामा आएको पहिरोका कारण प्रभावित बनेका परिवारका लागि नगरपालिकाले विभिन्न सङ्घसंस्थासँग सहयोग जुटाउने काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर–११ का अध्यक्ष दिपेन्द्र लामाले बैँङ्कले वित्तीय गतिविधिका साथै विपद्को समयमा नागरिकका लागि सहयोगसमेत उपलब्ध गराउने काम प्रशंसायोग्य रहेको बताउनुभयो ।
कार्यक्रममा प्राइम कमर्सियल बैँङ्क लिमिटेड बनेपा शाखाका प्रबन्धक बद्रि पौड्यालले बैँङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाजमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *