बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको सूचना अधिकारीमा उपाध्यक्ष कपिल कोइराला नियुक्त हुनुभएको छ ।
शाखाको ०८१ चैत २ गते बसेको कार्यसमिति बैठकबाट शाखा उपाध्यक्ष कपिल कोइरालालाई सूचना अधिकारी तोकिएको शाखाका सचिव नगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
महासंघको केन्द्रीय समितिको ०८१ माघ २९ गते धुलिखेलमा सम्पन्न पहिलो कार्यसम्पादक बैठकबाट केन्द्रीय समिति तथा सबै प्रदेश र जिल्ला समितिमा सूचना अधिकारी तोक्ने निर्णय भएअनुसार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पनि सूचना अधिकारी नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
