Category: समाचार

धुलिखेल–८ ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख सहयोग गर्ने

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि धुलिखेल नगरपालिका–८ ले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।…

क्षमताभन्दा बढी निर्माण सामग्री बोकेका १७ टिपर धुलिखेलबाट नियन्त्रणमा

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले क्षमताभन्दा बढी निर्माण सामग्री बोकेर सञ्चालनमा रहेका १७ वटा टिपरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले भदौ १५ गते…

बीपी राजमार्गमा चालक तथा सहचालकको लागूऔषध सेवन परीक्षण

भकुण्डेवेशी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बिसकिलोस्थित बीपी राजमार्गमा सवारी चालक तथा सहचालकको लागुऔषध सेवनसम्बन्धी परीक्षण गरिएको छ । प्रहरी चौकी भकुण्डेवेशी, अस्थायी ट्राफिक प्रहरी पोष्ट भकुण्डेवेशी र मेथिनकोट अस्पतालको सहकार्यमा…

पक्षघात पीडित चौरीदेउरालीकी विकलाई जिल्ला प्रशासनद्वारा घरमै पुगेर नागरिकता

धुलिखेल । शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर सेवा लिन असमर्थ काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ निवासी ५५ वर्षीया माईली विकलाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरिएको छ । पक्षघातका कारण…

काभ्रेमा रेडक्रस स्थापना दिवस : मानवीय सेवाको प्रतिबद्धता प्रभावकारी बनाउनेमा जोड

काभ्रेपलाञ्चोक । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस काभ्रेपलाञ्चोकमा विशेष कार्यक्रमका साथ मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकको आयोजनामा जिल्ला शाखा कार्यालयमा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो…

रसुवा–भोटेकोशी बाढी : छैटौँ दिनसम्म ११ हजार ३ सय ७९ जनाको उद्धार, ९३९ शव फेला

३ हजार ९२५ अझै सम्पर्कविहीन, २७९ घाइतेमध्ये १६८ उपचारपछि डिस्चार्ज; सडक, विद्युत् र सञ्चार पुनःस्थापनामा तीव्रता काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म सरकारले ११ हजार ३ सय…

तिब्बतमा हिमपहिरोः भोटेकोशीमा भीषण बाढी, पाँच जिल्ला प्रभावित, जलविद्युत् आयोजना र पूर्वाधारमा ठूलो क्षति

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोपछि ठूलो मात्रामा पानी नेपालतर्फ प्रवेश गर्दा रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक भीषण बाढीले उत्तरी क्षेत्रदेखि चितवनसम्म ठूलो…

५१ वर्षपछि भुम्लुका नागरिकको हातमा लालपूर्जा, अध्यक्ष भुजेलले पनि लिए जग्गाधनी प्रमाणपत्र

ज्ञानमणि नेपाल कालोटोपी भुम्लु, काभ्रेपलाञ्चोक । पाँच दशकभन्दा लामो समयदेखि जग्गाधनी प्रमाणपत्रको पर्खाइमा रहेका काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लामो प्रतीक्षा अन्त्य भएको छ । भुम्लु गाउँपालिका अध्यक्ष…

नसर्ने रोग रोकथामका लागि काभ्रेका १३ पालिकाको साझा प्रतिबद्धता

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा नसर्ने रोगको रोकथाम, समयमै पहिचान तथा प्रभावकारी उपचारका लागि आगामी रणनीति र योजनाबारे महत्वपूर्ण नीतिगत संवाद गरिएको छ । धुलिखेलमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका…

तीज कार्यक्रम स्थगित गर्दै पनौती–८ ले विपद् उद्धार कोषमा ८० हजार दिने

पनौती । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै पनौती नगरपालिका–८ ले आफ्नो तीज कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…