सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ र ६ मा अत्याधुनिक सुविधायुक्त स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।
पालिका अध्यक्ष झम्क नेपालको अथक प्रयास, भारतीय दूतावासको सहयोग र इन्द्रावती गाउँपालिकाको साझेदारीमा दुई वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको हो ।
मंगलबार पालिका अध्यक्ष नेपाल र भारतीय दूतावासका प्रमुख सचिव नारायण सिंहले संयुक्तरूपमा स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभयो ।
यी दुई स्वास्थ्य चौकी भवन निर्माणसँगै पालिकाका नागरिकलाई स्वास्थ्य सेवामा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
