काभ्रे । धुलिखेल नगरपालिका–९ काभ्रे भन्ज्याङबाट अवैध लागूऔषध पोलेन २ सय ८ ग्राम र गाँजा २ सय ६० ग्रामसहित रोशी गाउँपालिका–११ बस्ने ४५ वर्षीय संजिव लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रे भन्ज्याङबाट खटिएको प्रहरीले मंगलटारबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–००७ प ४३८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम ५ सय ६० मिलिग्राम र अफिम ५२ ग्रामसहित १० जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले झापा गौरीगंज गाउँपालिका–३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोशी गाउँपालिका–६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका–३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८ सय मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी दोलखा शैलुङ गाउँपालिका–२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्सा ठोरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७ सय ६० मिलिग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी उदयपुर कटारी नगरपालिका–६ घर भएका ३७ वर्षीय चेतबहादुर राउत र गोरखा गण्डकी गाउँपालिका–३ घर भएका २८ वर्षीय अजय परियारलाई खैरो हेरोइन १० ग्राम तथा अफिम ५२ ग्रामसहित पक्राउ गरेको हो । यस्तै रौतहट वृन्दावन नगरपालिका–८ घर भएका ४३ वर्षीय सुवोधकुमार सिंहलाई खैरो हेरोइन ८४ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सुकमान, पवन, चेतबहादुर, अजय र सुवोध कुमारले यसअघि लागूऔषध मुद्दामा कैद भुक्तान गरिसकेको समेत खुल्न आएको छ ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ९ सय ६० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीय क्ष्ःच्ब्ल् ब्ज्ब्ःभ्म् लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित बैतडी सुर्नया गाउँपालिका–३ बस्ने २३ वर्षीय अबिनाश कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
