सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–४ फ्याफुल्ल युवा कल्ब डाँडागाउँमा बिहीबार आयोजित स्वास्थ्य शिविरमा ६५३ ले सेवा लिएका छन् । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।

विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, क्षयरोगको स्कृनिङ, एक्सरे सेवा, स्त्री तथा प्रसूति, आयुर्वेद, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा तथा औषधि प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।

ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताउनुभयो । गाउँपालिका अध्यक्षता गंगाबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, वडा अध्यक्ष सुर्जे तामाङ, फ्याफुल्ला युवा क्लबका अध्यक्ष देबेन्द्र तामाङ लगायत उपस्थित हुनुहुन्थ्यो । बुधबार बलेफी गाउँपालिका–१ जलवीरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले सेवा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *