धुलिखेल । शब्दयात्रा प्रकाशनको आयोजनामा शनिबार ‘योगदनी महिला’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा योगदानी महिलाहरुको अभिलेख संकलनका साथै रचना वाचन कार्यक्रम भएको थियो । सावित्री जङ्गम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री रहेको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनको भवनमा स्थापना गरिएको सावित्री जङ्गम थापा अनुसन्धान कक्षको उद्देश्य र अहिलेसम्म यस कक्षले गरेका कार्यहरु र भावी योजनाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको समीक्षा सहित समापन गैर सरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङले गर्नुभएको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन शब्दयात्रा प्रकाशन कार्यसम्पादन समिति सदस्य कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो ।
कार्यक्रममा कृष्णमणि कुईंकेल, कृष्णप्यारी नकर्मी, न्हुच्छेमाया श्रेष्ठ, माया बादे, सुनिता खड्का लागायतका व्यक्तिहरुले मन्तव्य दिनुभएको थियो भने अम्बिका धितालले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा पुण्यवती घले, शारदा घिमिरे भैल, शारदा पौडेल, भवानी पाण्डे लगायतका कवयित्रीहरुले रचना वाचन गर्नुभएको थियो ।
