पनौती । हालै सम्पन्न इन्द्रेश्वर क्याम्पस स्व.वि.यु. निर्वाचनबाट निविरोध निर्वाचित स्व.वि.यु. कार्यसमितिलाई बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम स्व.वि.यु निर्वाचन समितिका संयोजक गोपाल दाहालको संयोजकत्व र क्याम्पस सञ्चालक समितिको अध्यक्ष तुयुकाजी ताम्राकार, उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत तथा क्याम्पस प्रमुख श्रीकुमार सुवालको उपस्थितिमा सम्पन्न भएको छ ।
इन्द्रेश्वर क्याम्पस स्व.वि.यु.को अध्यक्षमा नेविसंघका सन्दिप कुँवर, सचिवमा अखिल (क्रान्तिकारी) का कृष्ण बहादुर खुलाल, कोषाध्यक्षमा नेविसंघका सुनिता लामा, सदस्यहरुमा नेविसंघका विशान जालु, अनेरास्ववियुका पूर्णिमा न्यौपाने, अखिल (समाजवादी) का युवराज भुलुन, अनेरास्ववियुका रबिना न्यौपाने, अखिल (क्रान्तिकारी) का आइस्मा थिंग, अनेरास्ववियुका अस्मिता थापा, अखिल (क्रान्तिकारी) का सुनमाया गोले र अनेरास्ववियुका लक्ष्मी जैसी सर्वसम्मत निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *