धुलिखेल । सरस्वती माध्यमिक विद्यालय धुलिखेल–८, बडालगाउँको ४५ औ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष साधुराम बडालको सभापतित्व तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्यान्जुले शैक्षिक क्षेत्रको लगानीबाट दक्ष जनशक्ति उत्पादन गरि देश र नागरिकको समृद्धिको यात्रा पूरा हुने तर धन दौलत मात्र जोडेर सम्पत्ति आर्जन गरें भनेर हर्षित नहुन अभिभावकलाई आग्रह गर्नुभयो ।
शैक्षिक क्षेत्रको विकासमा नगरले ध्यान दिएको, कार्य सम्पादन मूल्यांकनको आधारमा शिक्षकहरुको स्थानीय सरकारले सम्मान गर्ने नगरप्रमुख ब्यान्जुले बताउनु भयो । प्रधानाध्यापक रमेशप्रसाद बडालले शैक्षिक स्तरियता र भावी योजनाको बारेमा प्रष्ट पार्नु भयो । उत्कृष्ट कार्य गरेबापत शिक्षक प्रल्हाद गिरी, शैक्षिक क्षेत्रको विकासमा सहयोग पुर्याएकोमा श्रीजन चेतना युवा समूहलाई गरिएको सम्मान संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेले ग्रहण गर्नुभयो ।
वडा अध्यक्ष बिनोद गौतमले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको बधाई दिदै आगामी दिनमा अझ प्रगतिमा लम्कन ब्यस्थापन टिम, शिक्षक, अभिभावक र विद्यार्थी सबै एकताबद्ध भइअघि बढ्नु पार्ने धारणा राख्नु भयो । उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिएको थियोे । बिनायक आधारभूत विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिनाले मन्तव्य विद्यार्थीहरुले साङ्गितिक प्रस्तुतीसहित नृत्यबाट मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको संचालन नवराज बडालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *