कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका १ हजार ७९३ बालबालिकालाई भिटामिन ए र १ हजार ७१० लाई जुकाको औषधि खुवाइएको छ । आइतबार र सोमबार राष्ट्रिय भिटामिन ए कार्यक्रम २०८३ अन्तर्गत ती बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाको वडानम्बर १ मा भिटामिन ए १२४ र अल्वेण्डाजोल -जुकाको औषधि) १७५ जनालाई खुवाइएको छ । वडा नम्बर २ मा भिटामिन ए १८५ र अल्वेण्डाजोल १४५ जनालाई, वडा नम्बर ३ मा भिटामिन ए ११९ र अल्वेण्डाजोल ११० जनालाई खुवाइयो । यस्तै वडा नम्बर ४ मा भिटामिन ए १४५ र अल्वेण्डाजोल १३५ जनालाई, वडा नम्बर ५ मा भिटामिन ए ८० र अल्वेण्डाजोल ७० जनालाई खुवाइएको उहाँले बताउनुभयो ।

उता वडा नम्बर ६ मा भिटामिन ए २१० र अल्वेण्डाजोल २०० जनालाई खुवाइयो भने वडा नम्बर ७ मा भिटामिन ए २२५ र अल्वेण्डाजोल २१५ जनालाई, वडा नम्बर ८ मा भिटामिन ए १७५ र अल्वेण्डाजोल १६५ जनालाई खुवाइएको थियो । वडा नम्बर ९ मा भिटामिन ए १३० र अल्वेण्डाजोल १२० जनालाई, वडा नम्बर १० मा भिटामिन ए १५० र अल्वेण्डाजोल १४० जनालाई खुवाइएको छ ।

यस्तै वडा नम्बर ११ मा भिटामिन ए १५५ र अल्वेण्डाजोल १४५ जनालाई खुवाइयो भने वडा नम्बर १२ मा भिटामिन ए ९५ र अल्वेण्डाजोल ९० जनालाई खुवाइएको थियो । समग्रमा १ हजार ७९३ जनालाई भिटामिन ए र अल्वेण्डाजोल १ हजार ७१० जनालाई खुवाइएको नगरपालिकाले जनाएको छ । यसका लागि नगरका १२ वटै वडामा ६४ जना स्वयंस्वेविका परिचालन भएका शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *