बनेपा । कवि सूर्यप्रसाद लाकोजूको ‘घामको पर्खाल’माथि हालै परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्य जगतमा छुट्टै पहिचान बनाउनु भएका साहित्यकार सूर्यप्रसाद लाकाेजुकाे याे छैठौँ  कविता कृति हो । पाँच वटा मुक्तक सङ्ग्रह, हाईकु सङ्ग्रह, कथा सङ्ग्रहसहित उहाँका हालसम्म ३८ वटा कृतिहरु प्रकाशन भएका छन् ।

कार्यक्रम शैली साहित्य समाज नेपालका अध्यक्ष मन्जुश्री प्रधानको सभापतित्वमा भएको थियो । पुस्तकको बारेमा बिश्लेषणसहित भाव बिम्व अनुप्रास भाषाशैली परिवेष आदिका बारेमा निक्कै सुन्दर ढंगले बिशिष्ठ साहित्यकार डा शैलेन्दु प्रकाश नेपालले प्रस्तुत गर्नु भएको थियो । लाकोजूका कविताहरू हृदयस्पर्शी रहेको बिचार उहाँले राख्नुभयो । साथै कृति र कृतिकारका सबै पक्षको समालोचनासहित उहाँको सरल लेखनशैलीको बारेमा छुट्टै पहिचान भएको कुरा स्पस्ट पार्दै कृतिकारलाई शुभकामना ब्यक्त गर्नुभएको थियो।

कृतिको समीक्षा गर्दै डा ज्ञान निष्ठ ज्ञवालीले ‘घामको पर्खाल’ सबैलाई न्यानो प्रदान गर्ने कृति भएको बताउनुभयो । कृतिकार सूर्यप्रसाद लाकाेजुले आफूले कविता लेख्न थालेको लामो समय भए तापनि कविता सिक्दै गरेको बताउनुभयो । उक्त कार्यक्रममा कवि ध्रुबराज थापा, राजुबाबु श्रेष्ठ सागर,  शैलेन्द्र श्रेष्ठले घामको पर्खालबाट कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार गोपाल पौडेल मण्डने, भीमप्रसाद काफ्ले, डा छायादत्त न्यौपाने, मोतिराज बम, संगिता ठाकुर, विजयराम कर्माचार्य, रश्मी रिमाल, रुद्र अधिकारी, दिल्लीप्रसाद मुलटिउन, मानन्धर अभागी, लगायत दुई दर्जनभन्दा बढी स्रष्टा तथा सर्जकहरुको उपस्थिति रहेको थियो।

सोही कार्यक्रममा  शैली साहित्य समाजले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत साहित्यकार सूर्य लाकोजूलाई अभिनन्दन गरेको थियो । कवि लाकोजूका कविता ,  कथा, मुक्तक, गीत, सांस्कृतिक निबन्ध, संस्मरण , अनुवाद गरी तीन दर्जन कृति प्रकाशित छन् । उतिकै सङ्ख्यामा सम्पादित कृति पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *