बनेपा । सुभाष स्मृति प्रतिष्ठानद्वारा प्रकाशित तथा पुण्यवती घलेद्वारा लिखित ‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ नामक कृतिलाई सार्वजनिक गरिएकाे छ ।
शनिबार आयाेजित एक कार्यक्रमका बीच प्रमुख अतिथि शिक्षाविद् तथा शिक्षासेवी डा. धनपति सुवेदी, चन्द्रबहादुर खड्का र हरि मञ्जुश्रीले कृतिलाई सार्वजनिक गर्नुभएकाे हाे।
शब्दयात्रा प्रकाशनको सभाकक्ष, बनेपामा आयाेजित कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिएकाे थियाे । वार्षिक कार्यक्रम प्रतिवेदन कुमाले मिजारले प्रस्तुत गर्नुभएकाे कार्यक्रममा प्रदीप खड्काले संस्थाकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा शब्दयात्राका अध्यक्ष हरि मञ्जुश्रीले पुस्तक र सम्मानसम्बन्धी जानकारी विषयमा जानकारी दिनुभएकाे थियाे । सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
